महामन्त्रीमा पराजय निश्चित भएसँगै रक्षामन्त्री डा. मिनेन्द्र रिजालले राजिनामाको घोषणा गरे

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाण्डौ, १ पुस । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजिनामा गर्ने भएका छन । नेपाली कांग्रेसका नेता एवँ १४औँ महाधिवेशनमा महामन्त्रीका प्रतिस्पर्धी डा रिजालले रक्षामन्त्रीबाट राजीनामा दिन लागेका हुन ।
महामन्त्रीको अन्तिम नतिजा आइनसक्दै आफू पराजित भएको भन्दै रिजालले जनमतको कदरगर्दै राजिनामा गर्न लागेका हुन ।

सामाजिक सँन्जाल फेसबुकमा उनले लेखेका छन “नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु,” अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गर्नेछु।”

महामन्त्री पदको मतगणना जारी भइरहेका बेला छ जना मध्धे उनी पाँचौँ नम्बरमा छन । जबकी उक्त पदमा २ जना चुनिने छन ।