काठमाडाैं । नेपाली कांग्रेसकाे सहमहामन्त्री(महिला)तर्फ डिना उपाध्याय निर्वाचित भएकी छन् । बिहीबार राति सम्पन्न मतगणनामा प्रतिद्वन्द्वी कमला पन्तलाई ४२८ मतान्तरले हराउँदै उपाध्याय निर्वाचित भएकी हुन् ।
डिनाले २ हजार ५३३ मत पाउँदा पन्तले २ हजार १०५ मत पाएकी थिइन्। उपाध्याय सभापति शेरबहादुर देउवाको प्यानलकी उम्मेदवार थिइन् भने पन्त डा. शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेकी थिइन् ।