काठमाडाैं।नेपाली कांग्रेसको मुस्लिमतर्फकाे सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् । शुक्रबार सकिएको मतगणनामा शेख वकिललाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।मन्सुरले २७७६ मत पाउँदा वकिलले १८७१ मत पाएका थिए ।
फरमुल्लाह देउवा र शेख कोइराला प्यानलबाट उम्मेदवारी दिएका थिए ।यसअघि नै तीनजना सहमहामन्त्री निर्वाचित भइसकेका छन् । बाँकी क्लस्टरकाे मतगणना पनि अन्तिम चरणमा पुगेकाे छ ।

