काठमाडौं ३ पुस । लोपहुन लागेको सँस्कृत बचाउन राजधानीमा प्रचार प्रसार आरम्भ गरेको छ । नेपाली संस्कृति बचाऔ राष्ट्रिय महाअभियानले राजाधानीको विभिन्न स्थानमा पर्चा बितरण तथा मौन प्रदर्शन कार्यक्रम सहित प्रचार प्रसार आरम्भ गरेको हो । गत हप्ता राजधानीमा एक विशेष कार्यक्रमका बिच शुभारम्भ गरिएको ‘नेपाली संस्कृति बचाऔ राष्ट्रिय महाअभियान’ ले राजधानीका विभिन्न स्थानहरु पुतलिसडक, बागबजार, डिल्लिबजार, धोविधारा लगायतका क्षेत्रमा अपिल बितरणसंगै मौन प्रदर्शन गरेको थियो । पहिलो चरण अन्तर्गत उपत्यकाका विभिन्न स्थानहरुमा अभियानका अभियान्ताहरुले मौन प्रदर्शन र अपिल बितरण गर्ने, निर्धारित कार्यक्रम अनुसारकै निरन्तरता रहेको महाअभियानका संयोजक मोहन निरौलाले बताए ।
अपिल बितरण तथा मौन प्रदर्शनमा नेपाली चलचित्र क्षेत्रका विभिन्न बिधामा कार्यरत ब्यक्तित्व तथा सामाजिक क्षेत्रमा कार्यरत ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
दोस्रो चरण अन्तर्गत सरकारी निकाय, विभिन्न राजनितिक दल, संस्कृति बिदहरुलाई भेटी महाअभियानको बारे जानकारी एवं अभियानको प्रतिक तस्वीर हस्तान्तरण गर्ने कार्यक्रम रहेको अभियानका सदस्य ठण्ड बहादुर अधिकारीले जानकारी दिएका छन । । ‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान’ को संयोजकमा मोहन निरौला रहेका छन भने सुन्दर श्रेष्ठ, मुकुन्द मैनाली, ठण्डबहादुर अधिकारी, मनोज कुमार भेटवाल र विश्वमणी घिमिरे सदस्यमा छन ।