बालबालिका लागि कोरोनाविरुद्धको खोप अभियान सुरु

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाैं । बालबालिका लक्षित कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफैँले अध्ययन गरेको विद्यालयमा कोरोनाविरुद्धको खोप लगाउने कार्यका शुभारम्भ गर्नुभएको हो ।

हेटौँडा उपमहानगरस्थित भुटानदेवी स्कुलबाट आजदेखि विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप लगाएर खोप अभियानको सुरु गर्नुभएको हो ।याेसँगै आइतबारदेखि देशका ५७ जिल्लामा कोरोना विरुद्धको मोडर्ना खोप अभियान सुरु गरेको हो । मन्त्रालयले १२ देखि १७ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ।

यस खोप अभियान पुस १४ गतेसम्म चल्ने छ। पहिलो मात्रा खोप लगाएका बालबालिकाले माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा लगाउने मन्त्रालयले जनाएको छ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहाल अनुसार देशका ५७ जिल्लाका पाएक पर्ने विद्यालयबाट खोप अभियान सञ्चालन गर्न लागेको छ।

प्रदेश नं १ ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर गरी ११ जिल्ला प्रदेश नं २ सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा गरी पाँच जिल्ला बागमती प्रदेश दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, रामेछाप, नुवाकोट र मकवानपुर गरी सात जिल्लामा खाेप लगाइँदैछ ।

यस्तै, गण्डकी प्रदेश गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङजा र पर्वत गरी नाै जिल्ला लुम्बिनी प्रदेश रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया गरी नाै जिल्ला कर्णाली प्रदेश डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यान गरी नाै जिल्लामा पनि खाेप लगाइनेछ ।

सुदूरपश्चिम प्रदेश बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुर गरी सात जिल्लामा अहिलेसम्म नेपालमा ३६ लाख ५१ हजार दुइ सय मोर्डना खोप आइसकेको छ ।