कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यहरूको मतगणना कार्य आज सकिँदै

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यहरूको मतगणना कार्य आज सकिँदैछ ।मतगणनाको काम अन्तिम चरणमा पुगेको र आज सकिने पार्टीको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । 

मतगणना बाँकी रहेकोमा केन्द्रीय सदस्यतर्फ खस/आर्य, आदिवासी/जनजाति र दलिततर्फको गणना अन्तिम चरणमा पुगेकाे छ । कांग्रेस विधानमा १३ जना पदाधिकारीमध्ये सभापति एक, उपसभापति दुई, महामन्त्री दुई र सहमहामन्त्री आठ रहने व्यवस्था छ । त्यस्तै १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये सभापतिसहित एक सय ३४ सदस्य निर्वाचित हुने तथा कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट र ३३ जना केन्द्रीय सदस्य पनि मनोनीत गर्ने व्यवस्था छ ।

मतगणना सकिएपछि भोलि सभापतिसहितका पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यलाई निर्वाचन समितिले प्रमाणपत्र वितरण गर्नेछ । केन्द्रीय कार्यसमितिको पहिलो बैठक पर्सि १० गते बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।गत मंसिर २४ गतेदेखि काठमाण्डौमा सुरु भएको महाधिवेशनमा मंसिर २७ गते केन्द्रीय पदाधिकारीका लागि चुनाव भएको थियो ।