नयाँबर्षमा आईएमईले ल्यायो उपहार, जितौ हजारौ हजार

Dipak Pudasaini Business/अर्थ ब्यापार , Latest Update , News/समाचार , प्रदेश , प्रवास , ३ वर्ष अगाडि

काठमाडौ, ८ पुस । अंग्रेजी नयाँ वर्ष एवं क्रिसमसलाई लक्षित गर्दै आईएमईले अर्को आकर्शक योजना सार्बजनिक गरेको छ । ‘नयाँ वर्षको उपहार, जितौं हजारौं हजार’ भन्ने मुल नाराका साथ सेवाग्राहीलाई लक्षित गरी उपहार योजना ल्याएको आईएमईले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिज्ञप्ती अनुसार सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत ४ देशहरुवाट ४ जना साप्ताहिक विजेता छनोट गरिने छ । यसरी छनोटमा परेका प्रति सेवाग्राहीले रू १० हजार उपहार स्वरूप प्राप्त गर्ने कम्पनीले जनाएको छ । त्यस्तै बम्पर उपहार योजनामा पनि सोही देशहरुबाट ४ जना भाग्यशाली विजेताहरु छनोट गरिने छन । यसरी छनोटमा परेका प्रति सेवाग्राहीले रू ४० हजार बम्पर उपहार स्वरूप प्राप्त गर्नेछन ।

कुवेत, मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स यि ४ देशबाट आईएमई मार्फत नेपाल पैसा पठाउने सेवाग्राहीहरु यो योजनामा सहभागी बन्न पाउनेछन । उक्त योजना आज ८ पुसदेखि २१ माघसम्म ४३ दिन कायम हुनेछ ।

विजेताहरुको घोषणा सिस्टममा आधारित लक्की ड्र मार्फत गरिनेछ भने सो सम्बन्धी जानकारी कार्यालयका आधिकारिक सामाजिक सञ्जाल र वेभ पेजहरूमार्फत सार्वजनिक गरिने आईएमईले बताएको छ ।