बाङ्ग्लादेशमा डुङ्गामा आगलागी हुँदा कम्तीमा ३७ जनाको मृत्यु

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , प्रवास , ३ वर्ष अगाडि

ढाका । बाङ्ग्लादेशमा एउटा यात्रुवाहक डुङ्गामा आगलागी हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएकाे छ।डुङ्गामा आगो लाग्दा कैयौँ यात्री नदीमा हाम फालेको अधिकारीहरूले बताएका छन्।धेरैजसोको मृत्यु आगोले जलेर भएको छ भने केही आगलागी भयो भनेर पानीमा हामफाल्दा डुबेर भएकाे छ।आगलागीको कारण स्पष्ट हुन सकेको छैन।

त्यहाँको सुगन्धा नदीमा उक्त घटना भएको हो।साे डुङ्गामा ५०० जना यात्रु रहेको बताइएको छ।अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ।बाङ्ग्लादेशमा बारम्बार डुङ्गाको सुरक्षा स्थिति राम्रोसँग जाँच नगरिनु, सुरक्षा मापदण्डको अभाव र क्षमताभन्दा बढी यात्रु बोक्नुका कारण हुने गरेको बताइन्छ।