एसएसपी सुशीलकुमार यादव मृत फेला

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

बुटवल । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत फेला परेका छन् । उनी भैरहवास्थित सरकारी निवासमा आज झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ ।  

उनले भने, “अन्य प्रहरी कर्मचारी खाजा खान गएको बेला यादव झुण्डिएको थाहा भएको हो ।” यादव सङ्घीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत थिए । मृत्युको कारण खुल्न सकेको छैन ।