काठमाण्डौ, ११ पुस । शिव परियारको स्वरमा ‘भाग्य भित्र जीवन’ गीतको पुरुष भर्सन दर्शक, श्रोतामाझ आएको छ । यो गित केहि समय पहिले गायिका अञ्जु पन्तको स्वरमा सार्बजनिक भएको थियो ।
चर्चित नृत्यांगना सुनिता बस्नेत कोरियोग्राफी रहेको ‘भाग्य भित्र जीवन’ बोलको म्युजिक भिडियोका निर्देशक रामजी लामिछानेले गरेका छन । फुलारा इन्टरटेनमेन्ट नेटवर्क मार्फत सार्वजनिक भिडियो श्याम खत्रीले निर्माण गरेका हुन् । युवा साहित्यकार एवं गीतकार भीष्मराज फुलाराको शब्द ‘भाग्य भित्र जीवन’ बाबुल गीरीले संगीत भरेका छन् । प्रेममा छुटेपछिको एक युवाको कथालाई गीतमार्फ व्यक्त गर्न खोजिएको समसामयिक अति मर्मस्पर्शी गीत ‘भाग्य भित्र जीवन’को भिडियोमा पृथ्वी प्रसाई र अनु शाह अभिनय देख्न सकिन्छ । यसमा श्रृंगार रुपा मानन्धर, छायांकन सुमन कार्की, मिक्सिङ दिनेश राजबहाक, पोष्टप्रोडक्शन स्टुडियो द पिक रहेको छ ।

