माओवादीको ८औं महाधिवेशनमा ओली नजाने

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , Uncategorised , ४ वर्ष अगाडि

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को ८औं अधिवेशनमा प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन् ।

ओली झापातिर भएकाले एमालेको तर्फबाट महासचिव शंकर पोखरेल सहभागी हुने बुझिएको छ।ओलीलाई अध्यक्ष पुष्पकमल दाहालले टेलिफोन गरेर महाधिवेशनमा निम्ता दिएका थिए । ओली एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाइ डाकेकाे कार्यक्रमहरूमा अक्सर नजाने गर्दै आएका छन् ।पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गरिएपछि माओवादीले अतिथीहरु बोलाउने निर्णय गरेको थियो ।

महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धन नेकपा९एस०का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनेछन् ।

प्रधानमन्त्री पनि सहभागी हुने भएपछि महाधिवेशनको सुरक्षा योजना परिवर्तन गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार यसअघि प्रहरी उपरीक्षकको नेतृत्वमा ३६४ प्रहरी सम्मेलनको सुरक्षामा परिचालन गर्ने गरी सुरक्षा रणनीति बनाइएकामा त्यसलाई परिवर्तन गरी झण्डै ४५० को हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने जनाएको छ ।