ओमिक्रोनका संक्रमित बढ्न थालेपछि नयाँ दिल्लीमा रात्रिकालीन कर्फ्यु

Maheshwor Nepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , प्रवास , ३ वर्ष अगाडि

नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरसको सङ्क्रमणमा निरन्तर वृद्धि हुन थालेपछि राज्य सरकारले आजबाट पुनः रात्रिकालीन कर्फ्यु जारी गरेकाे छ ।

ओमिक्रोन भेरियन्टका संक्रमित वृद्धि भएपछि यस्तो घोषणा गरिएको हो। दिल्ली सरकारले राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको हो।नजिकिंदै गरेकाे अग्रेजी नयाँ वर्षको अवसरमा आयोजना हुने भिडभाडयुक्त कार्यक्रमबाट संक्रमण झन् बढी नफैलियोस् भनेर रात्रिकालीन कर्फ्यु लगाइएको अघिकारीहरूलाइ उध्रित गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

पछिल्लो २४ घण्टामा दिल्लीका २९० जना नयाँ सङ्क्रमणका घटना पुष्टि भएको थियो।उक्त सङ्ख्या पछिल्लो छ महिनायताकै सर्वाधिक भएको बताइएको छ।ओमिक्रोन तुलनात्मक रूपमा डेल्टा भन्दा कम प्रभावकारी देखिए पनि संक्रमणदर भने तिब्र रूपमा वृद्धि हुँदै गएकाे छ। युराेपका थुप्रै देशहरूमा याे संक्रमण फैलिसकेकाे छ।