तमु ल्होसारमा आज सार्वजनिक बिदा

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

काठमाडाैं । नेपाल सरकारले तमु ल्होसारका अवसरमा बिहीबार (पुस १५ गते) सार्वजनिक बिदा दिएको छ ।  

नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयद्वारा आज साँझ प्रकाशित सूचनामा जनाइएको छ ।  

तमु ल्होसारका अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय सरकारले गरेको मन्त्रालयको सूचनामा जनाइएको छ ।