‘कि गलत कृयाकलापमा लाग्नै पर्ने कि भाग्नैै पर्ने बाध्यताले देशका युवा बिदेशिनु परेको हो’ – ओली

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , प्रवास , ३ वर्ष अगाडि

काठमाडौं, १६ पुष । नपाली युवा रहरले नभै बाध्यताले बिदेशिनु परेको नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ । रिटर्नी फेडरेशन नेपालको प्रतिनिधी मुलक राष्ट्रिय भेलालाई आज भक्तपुरमा सँबोधन गर्दै वलीले उक्तकुरा बताउनु भएको हो । साथै उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई ‘सेनापतिविरुद्ध लागेर’ आफ्नै सरकार ढालेको आरोप पनि लगाउनु भएको छ । अग्रेज युद्धका बेला बंगालका सेनापतिले विरोधीसँग मिलेर आफ्नालाई नै हराएको उदाहरण दिँदै ओलीले प्रचण्ड र नेपाललाई उक्त आरोप लगाउनु भएको हो । अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले देशमा थुप्रै विकासका काम गरेको र त्यसलाई सहन नसकेर आफ्नाहरुले नै सरकार ढालेको आरोप पनि लगाउनु भयो । ‘देशमा विकास भइरहेकै थियो, सडक बनिरहेका थिए, खानीहरु पत्ता लाग्दै थिए, तर हामीले गरेका राम्रा कामलाई आफ्ना भनाउँदाहरुले नै देख्न सकेनन उहात्ले भन्नु भयो ।

भेलामा ओलीले आँशु पुछ्दै, मुटु गाँठो पारेर विदेश जानेको पीडाबारे आफू जानकार रहेको भन्दै रेमिट्यान्सबाट देशको आर्थिक उन्नतिमा योगदान पुर्याएका युवाको प्रशंसा गर्नुभयो । ‘दुःख गरेर देशमा रेमिट्यान्स भित्र्याएकोप्रति उहाँहरुलाई धन्यवाद दिन चाहन्छु’, ‘तर नेपाल जस्तो देश जिवनमय देश छाडेर काम जिबनहिन मरुभुमिमा कामगर्न विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी छ ।’


बिश्वका बिभिन्न देशबाट फर्केका ७७बटै जिल्लाका करिब ३ सय सहभागी भेलाको अध्यक्षता रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले गरेका थिए भने भेलामा नेकपा एमालेका सँगठन बिभाग प्रमुख एबँ स्थायी समिती सदस्य खगराज अधिकारी, पोलिटब्यूरो सदस्य एबँ उपत्यका बिशेष इन्चार्ज सुजिता शाक्य तथा केन्द्रिय समिती सदस्य माधब ढँुगेल लगायतले सँबोधन गरेका थिए ।