काठमाडाैं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा भर्ना खुलेकाे छ । २२९ जना अधिकृत क्याडेटका लागि सेनाले आज विज्ञापन खुलाएको हो ।आजदेखि माघ १७ गतेसम्म एक हजार रुपैयाँ दस्तुर बुझाएर दरखास्त दिन सकिने छ ।
जसमध्ये खुलातर्फ १२० जनाको कोटा छुट्याइएकाे छ । यसैगरी शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीका लागि ६ जना, महिला २१ जना, आदिवासी जनजाती ३३ जना, मधेसी २९ जना, दलित १५ जना पिछडिएको क्षेत्रबाट ५ जनाको कोटा निर्धारण गरिएकाे छ ।

