पाल्पामा मलामी सवार बस दुर्घटनामा ७ जनाको मृत्यु

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

पाल्पाको रिब्दीकोट गाउँपालिका– २ लघुवामा आज बिहान मलामी बाेकेकाे बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका ८ मध्ये ७ जनाकाे अवस्था गम्भीर रहेकाे छ ।उनीलाई उपचारका लागि तानसेनस्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।बुटवलदेखि शव दाहसंस्कारका लागि रुरुक्षेत्र कालीगण्डकी रिडी हिँडेको बस दुर्घटना भएको हो ।  

बुटबलदेखि रिडितर्फ गएको लु १ ख ७२७९ नम्बरको बस बिहान १०:३० बजे दुर्घटना भई ६० मिटर तल खसेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर श्वातीले बताए। बसमा करिब ३५ जना मलामी सवार थिए । 

बाँकीको अवस्था सामान्य रहेको स्थानीयले जानकारी दिए ।घाइतेको उद्धारमा प्रहरी र स्थानीयवासी खटिएका थिए ।