काठमाण्डौ । बिदेशमा रहँदा टाढिएका राजनैतिक, आर्थिक, सामाजिक र पारिवारीक पुर्नस्थापना गर्न र बिदेशमा रहँदा आर्जन गरेको ज्ञान,सिप,पुजी, प्रबिधी सहित प्रवासबाट स्वदेश फर्किएको जनशक्तिलाई सँगठित गर्न नेकपा एमालेको २३औ सँगठनको रुपमा रिटर्नी फेडरेशन नेपाल गठन भएको छ । ७७ जिल्लाका ३ सय भन्दा बढी प्रतिनिधीको उपस्थितीमा सँम्पन्न प्रतिनिधीमुलक भेलाले
चन्द्र बहादुर रोकाहाको अध्यक्षतामा ७० सदस्यिय केन्द्रिय कमिटी पनि घोषणा गरेको थियो । एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उक्त उद्घाटन गर्नु भएको भेलाले १३ बुँदे घोषणा पत्र समेत जारी गरेको छ ।