काठमाण्डौ,२५ पुष । मुलपानीमा हिजो निशुल्क स्वास्थ शिबिर सँगै रक्तदान कार्यक्रम सँम्पन्न भएको छ ।

२८ प्रिन्ट रगत सँकलन भएके उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाईटी कागेश्वरी मनोहरा उपशाखाको सहयोगमा सँम्पन्न भएको हो । कागेश्वरी मनोहरा नगर पालीकाका मेयर कृष्णहरी थापाको प्रमुख आतिथ्यतामा सँम्पन्न कार्यक्रम सृजना टोल युवा क्लब तथा सिर्जनाटोल बिकास समितीको आयोजनामा सँम्पन्न भएको थियो ।

एपोगि हेल्थ केयर एण्ड डाइगानेस्टिक सेन्टरले निशुल्क स्वास्थ परिक्षण गरेको कार्यक्रममा स्त्री रोग, बालरोग, पिएफटी टेस्ट, दन्तरोग, सुगर तथा जनरल फिजिसियनको सेवा उपलब्ध गराईएको थियो ।

