पनौतीमा लाग्ने १२ बर्षे मकरमेला कोरोनाका कारण स्थगित

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Spiritual/अध्यात्म , प्रदेश , स्वास्थ्य , ४ वर्ष अगाडि

काभ्रे,२७ पुष । हरेक १२ बर्षमा १ पटक १ महिना सम्म लाग्ने मकरमेला स्थगित भएको छ । जिल्ला कोभिड ब्यबस्थापन समितीका सँयोजक काभ्रेका प्रमुख जिल्ला अधिकारी शिबराम अध्यक्षतामा बसेको बैठकले माघ महिना भरलाग्ने मकरमेला स्थगित गर्ने निर्णय गरेको हो । जिल्ला समन्वय समितीका प्रमुख उद्दब केसी, धुलिखेल नगरपालीकाका प्रमुख अशोक कुमार ब्यान्जु, तथा पनौती नगर पालीकाका प्रमुख भिम न्यौपानेको बिशेष उपस्थितीमा समितीले उक्त निर्णय गरेको हो ।
पनौति नगर पालीका मकर मेला मुल ब्यबस्थापन समितीको सचिबालयका तर्फबाट प्रेम कुमार सोनामले जारी गरेको बिज्ञप्ती अनुसार त्रिबेणीघाटमा स्वास्थका सँम्पुर्ण मापदण्ड पालना गर्दै भिडभाड नहुने गरी २५ जना भन्दा कमलाई स्नान मात्र गर्न दिने र अन्य मेला सँम्बन्धि कार्यक्रम अर्को सुचना प्रकाशित नहुदा सम्म स्थगित गर्ने निर्णय गरेको छ ।