१२ सय गित गाइसकेका खनालको थप ७ गित आउँदै, (भजन सार्बजनिक)

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , ३ वर्ष अगाडि

काठमाण्डौ,२ माघ । करिब १२ सय गितमा आवाज दिइसकेका गायक, रचनाकार, सँगितकार एबँ पत्रकार रामप्रसाद खनालको थप ७ गित बजारमा आउने तयारीमा छन । रेकर्ड समेत भै सकेका ७ गित मध्धे लोक भजन हे कृष्ण हे राम बोलको भजन भिडियो सहित सार्बजनिक समेत भै सकेको छ ।


करिब १५ बर्ष देखि अमेरिका बस्दै आएका खनालले हरेक पटक नेपाल आउँदा नयाँ नयाँगीत सार्बजनिक गर्दै आएपनि यसपटक भनै एकैचोटी ७ वटा गित नेपालमा नासो स्वरुप छोडेर जाँदै छन ।


भजन पछि खनालका बजारमा आउन बाँकि गितहरुमा लोक, दोहोरी, लोक आधुनिक, सेन्टिमेन्टल, सामाजिकदेखि गजलसम्म छन । जसमध्धे ३ वटाको भिडियो छायांकन समेत सक्कि सकेको छ भने बाँकि ३ वटा छायांकनको अन्तिम तयारीमा छन ।


छायांकन सम्पन्न भएका गितहरुमा एउटा ‘तिम्री आमा, मेरी आमा’ बोलको लोक आधुनिक गीत छ । खनालको शब्द र स्वर रहेको यस गीतमा सुरेश अधिकारीको संगीत छ । त्यस्तै, खनाल र सुनिता बुढाक्षेत्रीको स्वरमा ‘एउटा ढुकुर उडिगयो’ बोलको दोहोरी गीतको भिडियो छायांकन सकिएको छ ।


गायक खनालको शब्द, संगीत र स्वर रहेको ‘बग्ने पानीले, मेरो दिल चोरिन च्यान्टी नानीले’ बोलको लोकगीतको समेत छायांकन सकिएको छ । यसमा गायक खनाल स्वयं र अभिनेत्री रजनी केसीले अभिनय गरेका छन । यि गितहरुको केही दिनमा भिडियो सार्वजनिक गर्ने गायक खनालले जानकारी दिएका छन ।


छायांकन हुन बाँकी रहेका गीतमा ‘यस्तै छ यहाँको चलन’ शीर्षकको गजल, ‘बाँकी छ हेर’ शीर्षकको ख्याली गीत र ‘फूल फुलेझैं’ बोलको दोहोरी गीत रहेको खनालले बताए । दोहोरी गीत उनले लोकप्रिय गायिका शान्तिश्री परियारसँग गाएका छन । कोरोना संक्रमण बढिरहेकाले छिट्टै बाँकी गीतको भिडियो छायांकन सकेर अमेरिका फर्किने खनालको योजना छ । २ देखि ४ हप्ताको अन्तरमा आफ्ना गीत सार्वजनिक गर्ने खनालले जानकारी दिए ।

लोक दोहारी गितलाई टेलिभिजनमा भित्राएका खनालका ४८ वटा एल्बम बजारमा आइसकेका छन । ति मध्धे ‘छाता ओझेल पारिदेऊ बर्खे झरीमा’, ‘देउरालीमा पीपल छायाँले, दिन बिताउनै गाह्रो भो मलाई त पागल भएँ तिम्रै मायाले’, ‘गुल्मी झरेर’, ‘मेरै माया’, ‘माया गाँसौं न’ लगायतका गित लोकप्रिय छन ।