ओमिक्रोन संक्रमित भए के गर्ने ? – डा. रवीन्द्र पाण्डे

Dipak Pudasaini Banner Headline with Image , Latest Update , News/समाचार , प्रविधि , स्वास्थ्य , ३ वर्ष अगाडि


काठमाण्डौ,२ माघ । अहिले डेल्टा, ओमिक्रोनलगायत कोरोना भाइरसका प्रजाति नेपालमा पनि उच्चदरमा फैलिएको छ | अन्य देशको संक्रमणदर हेर्ने हो भने नेपालमा पनि यसको फैलाबट ठूलो समुदायमा हुनसक्दछ | यसको प्रकोप हेर्दा लाग्छ, हामी सबै कोरोनाबाट अछुतो रहन मुस्किल छ | सुखद कुरा के छ भने यो लहरका प्रजातिले त्यति गम्भीर बनाएका छैनन् |

ओमिक्रोनको लक्षण कडा रुघाजस्तो देखिएको छ |

.१. कडा रुघा वा जीउ दुख्ने / जाडो हुने भएमा तत्काल पिसिआर टेस्ट गर्ने | रोग थाहा पाउनु भनेको उपचारको बाटो क्लियर हुनु हो |

२. पिसिआर पोजिटिभ देखिएमा डर नमान्ने / पटक्कै नआत्तिने | खोप लगाएका व्यक्तिमा सामान्य लक्षण देखिएर निको हुन्छ |

३. बिभिन्न अनुसन्धानले देखाएका छन्, कोभिडमा घरेलु उपचार प्रभावकारी छ | बेसार, अदुवा, ज्वानो, मरिच, तुलसीका पात तथा कागतीपानी पकाएर पटकपटक सेवन गर्ने | मनतातो पानी प्रशस्त मात्रामा पटकपटक पिउने |

४. पोषिलो तथा बिबिध प्रकारका खाना खाने | जंक फुड नखाने | चिसो बाहेक अन्य खाना बार्नु पर्दैन |

५. इम्युनो प्लस, इम्युन केयर, इम्युनोभिर लगायतका हर्बल औषधि ( रोगप्रतिरोधात्मक क्षमता बढाउने ) आयुर्वेद चिकित्सक वा स्वास्थ्यकर्मिको सल्लाहमा सेवन गर्ने |

६. ज्वरो आएमा / टाउको दुखेमा / शरीर दुखेमा पारासिटामोल, खोकी लागेमा एलर्जीको ट्याब्लेट / कफ सिरप, नाक बन्द भएमा न्याजल ड्रप आदिको प्रयोग गर्ने | घांटी दुखेमा गार्गल सोलुसनले पटकपटक कुल्ला गर्ने |

७. घाम ताप्ने, हल्का ब्यायाम गर्ने, योग गर्ने, ध्यान गर्ने, भेन्टिलेसन पर्याप्त भएको ठाउँमा बस्ने तथा सकारात्मक सोंच राख्ने |

८. अक्सिमिटरले अक्सिजन नापिरहने |९. घांटी धेरै दुखेमा, सामान्य उपचारले खोकी वा ज्वरो निको नभएमा चिकित्सकको सुझाब अनुसार एन्टिबायोटिक प्रयोग गर्ने |

१०. अक्सिजनको स्तर घटेमा, सास फेर्न गाह्रो भएमा, खान खान नसकेमा तथा अन्य गाह्रो भएमा तुरुन्त अस्पतालमा जाने |