पर्यटनमन्त्री आलेलाई कोरोना सङ्क्रमण

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। आज बिहान गरिएको परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको उनकाे सचिवालयले जनाएकाे हाे। 

स्वास्थ्य अवस्था सामान्य रहेका मन्त्री आले अहिले हाेम आइसोलेशनमा बसेका छन् ।आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना सङ्क्रमण भएको छ ।मन्त्री आले केही दिनदेखि दैनिक जसाे बतासले भाडामा लिएर सञ्चालन गर्दै आएकाे सरकारी सम्पत्तिहरूकाे अनुगमन गर्दै आएका थिए ।