बुस्टर डोज लगाउन सुरू,कहाँ-कहाँ लगाइन्छ?

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाैं । सरकारले आजदेखि काठमाडौंमा कोरोना भाइरसविरुद्धको खोपको बुस्टर डोज लगाउन सुरू गरेकाे छ । स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका १७ वटा स्थानबाट अग्रपंक्तिमा खटिएका व्यक्तिलाई कोभिडविरुद्धको बुस्टर डोज दिइरहेकाे छ ।

स्वास्थ्य कार्यालय काठमाडौका प्रमुख शम्भु काफ्लेका अनुसार  आठवटा सरकारी अस्पताल र नाका सहित नाै वटा निजी अस्पतालबाट गरी १७ स्थानबाट खोप दिन लागिएको हो ।

कहाँ-कहाँ लगाइन्छ बुस्टर डोज ?

नेपाली सेनाको अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज,सशस्त्र प्रहरी अस्पताल बलम्बु,त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज,वीर अस्पताल महावौद्य,परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली,शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेक, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर,सुभेक्षा अस्पताल सितापाइला,जनमैत्री अस्पताल बालाजु,पिपुल्स डेन्टल कलेज सामाखुशी,नर्भिक अस्पताल थापाथली, नोभेल अस्पताल सिनामंगल,बयोधा अस्पताल बल्खु,शहीद मेमोरियल अस्पताल कलंकी, बसपार्क,एपेक्स पोलिक्लिनिक जडीबुटी र  लोट्से भवन नयाँ बसपार्कमा लगाइँदै छ ।

बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ । यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ । यस्तै, आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुस्टर मात्रा दिइनेछ ।पहिला जुन खोप लगाइएको थियो बुस्टर पनि सोही खोपको लगाउन सरकारले आग्रह गरेको छ।