वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सत्ता गठबन्धनबीच सहमति

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सम्बन्धमा सत्तारूढ गठबन्धनबीच सहमति भएको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा वैशाखमा स्थानीय तहको चुनाव गर्ने सहमति भएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेद्रबहादुर कार्कीले जानकारी दिए । साथै निर्वाचनको मिति तय गर्नेलगायतका विषयमा आगामी बैठकमा छलफल हुने बताइएको छ ।

बिहीबार नै मन्त्रिपरिषद्को नियमित बैठक पनि हुने भएकाले सो बैठकबाट मिति तोकिन सक्ने अनुमान छ ।निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिइसकेको छ ।

सरकारले स्थानीय तह निर्वाचनको मिति तोक्ने र त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउनेबारे निर्णय गरिसकेको छैन । स्थानीय तहको निर्वाचन भएको पाँच वर्षको कार्यकाल समाप्त हुँदैछ ।