काठमाडाैं ।विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले डेल्टाभन्दा कम जटिल रहेकाे भन्दै ओमिक्रोनप्रति बेवास्ता गर्न नहुने बताएकाछन् ।
नियमित प्रेस ब्रिफिङमा बोल्दै महानिर्देशक टेड्रोसले विश्वका धेरै मानिसहरू अहिले पनि खोपको पहुँचभन्दा बाहिरै रहेको अवस्थामा यसलाई बेवास्ता गर्दा धेरैले ज्यान गुमाउने जोखिम रहने बताए। पहिलेको भेरिएन्टभन्दा कम जटिल प्रकारको संक्रमण गराए पनि यसका कारण स्वास्थ्य पूर्वाधारमा ठूलो दबाब सिर्जना गरिरहेको उनले बताए।
ओमिक्रोनबाट बच्ने सहज अस्त्र भनेकै खोप भएकाे बताउँदै उनले खोप नलगाएकाहरुलाई खोप लगाउनका लागि आग्रह गरे । उनले ओमिक्रोन र अन्य भेरिएन्टविरुद्ध अझ बढी प्रभावकारी हुने खोपको विकास भइरहेको पनि उनले जानकारी दिए ।नयाँ भेरिएन्टहरु फेरि पनि देखिन सक्ने चेतावनी दिए ।
धेरै देशका लागि आगामी केही साता निकै जोखिमयुक्त रहेको भन्दै उनले उक्त अवधिमा ती देशका स्वास्थ्यकर्मी र स्वास्थ्य प्रणालीमा ठूलै दबाब पर्ने बताए ।