पीसीआर शुल्क कति घट्यो?

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

काठमाडाैं । सरकारले कोरोना भाइरसको पीसीआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोभिड–१९ को पीसीआर परीक्षणको शुल्कमा समायोजन गरिएको बताउनुभयो ।

उहाँका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा रु ८०० र निजी अस्पताल तथा प्रयोगशालामा एक हजार ५०० भन्दा बढी लिने नपाउने गरी नयाँ शुल्क तोकिएको बताउनुभयो । सरकारले यसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा रु एक हजार र निजी अस्पताल तथा प्रयोगाशालाले रु दुई हजार लिने गरेका थिए ।

कोरोनाको लक्षण देखिएका सबैको सरकारी अस्पताल तथा प्रयोगशालाले निःशुल्क पीसीआर परीक्षण गरिने गरिरहेको छ ।