फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

NewsBankNepal Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ।

निगमले बुधबार राति १२ः०० बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो। यस्तै हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ बढाइएको छ।

अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १२२ रुपैयाँ तथा हवाई इन्धन प्रतिलिटर १०६ रुपैयाँ पर्नेछ।

यसअघि निगमले कार्तिक २४ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो।