एमसीसीबारे सुझाव दिन माओवादीले बनायाे कार्यदल गठन

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं । नेकपा (माओवादी) केन्द्रले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सुझाव दिन कार्यदल गठन गरेको छ ।

कार्यदलको नेतृत्वबारे भने खुलाइएको छैन । पूर्वस्थायी कमिटी सदस्य तथा आयोग प्रमुखहरूको बैठकमा एमसीसीबारे चर्को आवाज उठेपछि कार्यदल गठन गरिएको नेता कृष्णबहादुर महराले जानकारी दिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पूर्व स्थायी समिति र आयोगका अध्यक्षहरु बसेको आजको बैठकमा आगामी स्थानीय तहको निर्वाचन सम्बन्धमा छलफल भएको महराले बताए ।

बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय गरेको छ ।