एमाले अध्यक्ष ओली दम्पतीलाई काेराेना पुष्टि

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।शनिबार पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको सचिवालयले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आराम गरिरहेकाे सचिवालयले जनाएकाे छ ।

अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्यलाई पनि पोजिटिभ देखिएको छ ।अध्यक्ष ओलीलाई कोरोना पोजिटिभ देखिएपछि आज हुने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । एमालेले प्रधानमन्त्रीको बक्तव्य तथा समसायिक राजनीतिक, आर्थिक र स्वास्थ्य क्षेत्रबारे बक्तव्यमार्फत धारणा सार्वजनिक गर्ने तयारी गरेको थियाे ।