स्थानीय तह निर्वाचनबारे प्रमुख सत्ता गठबन्धनबीच छलफल

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं ।आगामी निर्वाचनबारे प्रमुख सत्ता गठबन्धनबीच छलफल भएको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच राष्ट्रिय सभाको निर्वाचन एवम् आगामी स्थानीय तहको निर्वाचन सम्बन्धमा छलफल भएको बताइएको छ ।

साथै  समसामयिक राजनीतिक विषयमा पनि उनीहरूबीच छलफल भएको बताइएको छ ।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले हठात प्रतिनिधिसभा विघटन गरेर चुनावमा जान खोज्दा अदातलको सहारामा प्रतिनिधिसभा जोगाएको गठबन्धन अहिले समयमै चुनाव गराउने विषयमै अलमलमा छ ।

स्थानीय तहको चुनाव तीन चरणमा गरेको देउवा सरकारले तीनै तहको चुनाव एकैचोटि गर्छ भन्नेमा विश्वास छैन । राष्ट्रिय सभाको रिक्त १९ सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनभित्रै अन्तर्घात भएको विषयमा समेत नेताहरुबीच छलफल भएको बुझिएकाे छ ।