जेठभित्र स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धन तयार, मन्त्रीपरिषद बैठकले मिति घोषणा गर्ने

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , स्थानीय निर्वाचन , ४ वर्ष अगाडि

काठमाण्डौ,१५ माघ । नेकपा माओबादी र नेकपा एकिकृत समाजबादी पार्टीको स्थानीयतहको निर्बाचन पर धकेल्ने कसरत अन्ततह असफल हुने भएको छ । चौतर्फी दबाब पछी सत्ता गठबन्धनमा रहेका दलहरु जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न तयार भएको हो ।
आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्रमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको बैठकमा सहभागी सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन ।
मन्त्री कार्कीका अनुसार गठबन्धनको निर्णयपछि अब सरकारले निर्वाचन आयोगसँगको परामर्शमा सँम्भबत आगामी मन्त्रीपरिषद बैठकबाट स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ ।
बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने भए त्यसको प्रक्रिया अघि बढाउन पनि सरकारलाई सुझाव दिएको मन्त्री कार्कीले बताए ।