काठमाण्डौ, १६ माघ । आपसमा बिश्वास र भरोशा हुनुपर्ने श्रीमान श्रीमती बिच शँकाको बिजारोपण भएपछी त्यसले कस्तो सम्म अबस्था सिर्जना गराउँछ ? यहि बिषयलाइ समेटेर निर्देशक सुमन दहालले लघु चलचित्र शँका निर्माण गरेका छन । केही दिन पहिले दहालकै निर्देशनमा तिमिसंग छुट्टिएर बोलको गीतको भिडियो सार्वजनिक भएको थियो ।
शँकाको छायांकन अमेरिकाको दक्षिणपुर्र्वी राज्य केन्टकीको लेक्सिनटन शहर र यसका आसपासका क्षेत्रमा गरिएको छ । चलचित्रमा चुडामणी अवस्थी, सविता चौलागाई केसी, बिष्णु डुम्रे, भुवन लोहनी, सन्दिप अर्याल लगायतको अभिनय छ । चुडामणी अवस्थीको कथा, अक्की शर्माको छायांकन रहेको यो चलचित्रमा सन्दिप अर्यालले व्यवस्थापन रहेको छ । जसलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन । । रेनिश फागोको कलर र मुकेश साहको मिक्सिङ तथा एलिस कार्कीको पाश्र्व सङ्गीत रहेको चलचित्रमा सुदन डोटेल र सरोज प्याकुरेलले सबटाइटल गरेका हुन । चलचित्र सम्राट क्रियसन युट्युव च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो

