‘आँसु पिउदै’ आए अन्जु र शिब

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , ३ वर्ष अगाडि

काठमाडौं,१८ माघ । अञ्जु पन्त र शीव परियारको स्वरमा मर्मस्पर्र्सी गीत ‘आँसु पिउदै’ सार्वजनिक भएको छ । भीष्मराज फुलाराको शब्द, बाबुल गीरीको सङ्गीत रहेको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । सुनिता बस्नेतको कोरियोग्राफी, रामजी लामिछाको निर्देशन रहेको गीतको भिडियोमा पृथ्वी प्रसाईं र अनु शाहलाई फिचरिङ गरिएको छ । फुलारा इन्टरटेनमेन्ट नेटवर्कमार्फत सार्वजनिक भिडियो श्याम खत्रीले निर्माण गरेका हुन । रूपा मानन्धरको शृङ्गार, सुमन कार्कीको छायाँकन, दिनेश राजबहाकको मिक्सिङ रहेको भिडियोको पोष्ट प्रोडक्शन स्टुडियो द पिक रहेको छ ।