प्यूठान, २२ माघ । जिल्लाको नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको जिप दुर्घटना भएको छ । दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ भने बेहुला सहित ५ जना घाइते भएका छन । दुर्घटना आज बिहान ३ बजे भएको हो ।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सत्यनारायण थापाका अनुसार ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटास्थित करिब १ सय ५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन भने घाइतेलाई थप उपचारका लागि बुटवल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

