ब्रम्हखेलमा रक्तदान, मेयरद्धवारा रक्त्त सँचारकेन्द्र स्थापना गर्ने बचनबद्धता

Dipak Pudasaini Latest Update , News/समाचार , स्वास्थ्य , ४ वर्ष अगाडि

काठमाण्डौ, २२ माघ । कागेश्वरी मनोहरा नगरपालीकाका प्रमुख कृष्णहरी थापाले चाँडैनै मुलपानी नगर अस्पाताल हाताभित्र रक्त्तसँचार केन्द्र ( ब्लडबैक)को गु्रप डी स्थापना गरिने बचनबद्दता जनाउनु भएको छ ।

नेपाल रेडक्रस सोसाईटी कागेश्वरी मनोहरा उपशाखाको सँयोजन तथा ब्रम्हदिप युवाक्लबको आयोजनामा आज क्लब परिसर ब्रम्हखेलमा आयोजित रक्त्तदान कार्यक्रममा प्रमुख अतिथी थापाले उक्त बचनबद्दता जनाउनु भएको हो ।

४२ जना रक्तदाताले रक्दान गरेको उक्त कार्यक्रममा उपशाखाका सभापती बासुदेब पौडेलले रक्त्तसँचार केन्द्र सँचालनको कार्यबिधी निर्माण अन्तिम चरणमा रहेकोले अब नगरपालीको सहयोगमा काठमाण्डौको पुर्बीभेगलाई सहजहुने गरी चाँडैनै रक्त्तसँचार केन्द्र सन्चालनमा आउने बिश्वास ब्यक्त गर्नुभयो ।

रक्त्तदान कार्यक्रममा ४ नँ बडाका अध्यक्ष भाईकाजी अधिकारी, क्लबका अध्यक्ष बिजय थापा लगायको उपस्थिती थियो ।