काठमाडाैं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा भोलि बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठककाे एजेण्डा तय गर्ने कांग्रेसले जनाएकाे छ ।
बिशेषगरी बैठकमा एमसीसी परियोजना, बाँकी १६ जिल्लाकाे अधिवेशन, स्थानीय तहको निर्वाचनलगायतका विषयमा पनि छलफल हुने एक नेताले बताए । स्थानीय तहकाे निर्वाचन मिति ताेकिएकाे अवस्थामा कसरी अगाडि बढ्ने भन्ने बारेमा नै छलफल हुने जनाइएकाे छ।

