एसईई वैशाख ९ गतेदेखि हुने

Bhim Thapa News/समाचार , ४ वर्ष अगाडि

काठमाडाैं । माध्यामिक शिक्षा परीक्षा (एसईई)  २०७९ वैशाख ९ गतेदेखि हुने भएको छ। 

राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा गर्ने निर्णय गरेको हो।परीक्षाको तालिका भने भाेलि सार्वजनिक हुनेछ।

सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि त्यसअघि नै परीक्षा तोकिएको हाे । कोरोना महामारीका कारण दुई वर्ष हुन नसकेको एसईई यस पटक हुन लागेको हो ।