तुल्सिपुर,२८ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका– ५ लाइनस्थित जुत्ता गोदाम राखीएको घरमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ ।
चार जना पुरुष र एकजना बालिका गरी पाँच जनाको मृत्यु भएको इलाका कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन ।
आगो कम भएपछि बिहान साढे ७ बजेतिर शव निकालिएको हो । घरको तेस्रो तलाबाट ३ जना र चौथो तलाबाट २ जनाको शव निकालिएको हो । पाँचै जनाको धुवाँमा निसासिएर मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार मृतकको पहिचान हुन बाँकी छ । अहिले आगो केहि कम भएपनि अझै नियन्त्रणमा आईसकेको छैन ।

