धराबाहिक कार्यक्रम ‘हेल्लो अमेरिका’ लोकप्रिय बन्दै, सयभाग बनाउने लक्ष्य

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , ३ वर्ष अगाडि

काठमाडौं, २८ माघ । अमेरिकामा वस्ने नेपालीहरुको दिनचर्या साथै अमेरिका सम्वन्धि विबिध जानकारी सहित मनोरञ्जनात्मक कार्यक्रम ‘हेलो अमेरिका’ लोकप्रिय बन्दै गइरहेको छ । जेपिजे ईन्टरटेनमेन्ट अनलाईन टिभि र च्यानल ज्याक्सन हाईट न्युयोर्कबाट साप्ताहिक रुपमा प्रसारण हुदै आएको कार्यक्रम सुमन थाम्सुहांङले सन्चालन गर्दै आइरहेका छन ।
सम्राट कार्की छायांकार, टोमा लामा सहनिर्देशक, मन्दिल श्रेष्ठ सम्पादक एवं किशोर सुब्बा निर्माता तथा निर्देशक रहेको यो कार्यक्रमको सल्लाहकारमा रबिन्द्र खड्का छन् । करिव १२ भाग नियमित हेल्लो अमेरिका र ४ भाग विशेष कार्यक्रम प्रसारण भैसकेको यस ‘हेल्लो अमेरिका’को सयौ भाग पुगेपछि न्युयोर्कमा एक भब्य विशेषः कार्यक्रम आयोजना गरि सफलताको जानकारी दिईने योजना रहेको निर्देशक किशोर सुब्बाले बताएका छन ।