काठमाण्डौ,२८ माघ । अशोक लेलैण्डको ब्यापारीक सवारी साधनको नेपालका लागी एकल अधिकृत बिक्रेता आइएमई मोटर्सले आइएमई स्वरोजगारी अभियान’ सुरु गरेको छ । गुरुजी अर्थात सवारी चालकहरुलाई साहुजी अर्थात आफ्नै सवारीको धनी बनाउने उद्देश्यका साथ यो अभियान सुरु गरेको कम्पनीले जनाएको छ ।
योजना अन्तर्गत अशोक लेलैण्डका जुनसुकै हलुका ब्यापारीक सवारी साधन (दोस्त) सिरिजका सवारी साधन बिनाधितो ८० प्रतिशतसम्म फाइनान्स सुविधामा खरिद गर्न सकिनेछ । यी सवारी साधन खरिदगर्ने ग्राहकले तीन महिनासम्म मासिक किस्ता (इएमआई) तिर्नु नपर्ने सुविधा र आकर्षक ब्याजदरको लाभ लिन पाउने छन् ।
यो योजना आफ्नो साबिक काम छोडी आफ्नै व्यवसाय सुरु गर्ने चाहना बोकेका महत्वाकांक्षी चालकहरुप्रति लक्षीत रहेककोले यसलाई गरुजी बाट साहुजी’ योजना भनिएको कम्पनीका विज्ञप्तिमा उल्लेख छ । यो योजनाले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै स्वरोजगारमूलक काम गर्नचाहनेलाई पनि राम्रो अवसर प्रदान गर्ने कम्पनीले बताएको छ ।
नयाँ योजना सार्वजनिक गर्ने क्रममा आइएमई मोटर्सका सिइओ हेमन्त पुरानिकले भन्नुभयो रोजगारी गुमाएर आफ्नै व्यवसाय सुरु गर्न खोजिरहेका र व्यवसाय विस्तार गर्ने योजनामा रहेका उद्यमीले पनि यो योजनाबाट लाभ लिन सक्नेछन् । उहाँले भन्नुभयो नेपालमा अशोक लेलैण्डका सवारी साधनका लागि बलियो ग्राहक सेवा सञ्जाल छ । नेपालभर यसका २० भन्दा बढी आधिकारिक वर्कसपहरु छन् भने पार्टपुर्जाहरु सजिलै पाइन्छ ।
यातायात÷ढुवानी व्यवसाय सुरु गरी आफ्नै उद्यमको मालिक बन्ने चाहना बोकेका सबै सवारी चालक र अरु रोजगार नभएकाको लागि सुनौलो अवसर हो । ८० प्रतिशतसम्म फाइनान्स र तीन महिनासम्मको किस्ता तिर्न नपर्नु बजारमा उपलब्धमध्येको सबैभन्दा आकर्षक अफर हो । यो उद्यमीहरुका लागि एकदम सुनौलो अबसर पनि हो सिईओ पुरानिकले भन्नुभयो ।