बलम्पाकीको ‘राम भुलियो’ सार्बजनीक

Dipak Pudasaini Latest Update , Spiritual/अध्यात्म , ३ वर्ष अगाडि

काठमाडौं, १ फागुन । युवा भजन गायक दिनेश बलम्पाकीको लोक भजन राम भुलियो सार्बजनीक भएको छ । निर्मल लामाको निर्देशनमा तयार भएको भजनको भिडियोकोमा बलम्पाकीलाई कलाकारहरु साक्षर केसी, आयुष तामाङ, प्रयुष केसी, जस्मिन शर्मा प्रवेश केसी लगायतले साथ दिएका छन ।
लोकभजनलाई नेपाली समाजमा मौलिक तथा सनातन धर्मको एक अभिन्न अंगको रुपमा लिइन्छ । सर्वसाधरण जो कोहिले गाउन, बुझ्न सक्ने भएकोले पनि यसको महत्व अझै बढि झल्किन्छ । पछिल्लो समय युव पुस्ताहरु लोकभजनबाटै टाढिदै गएका छन । केही सिमित उमेर समुहकाले मात्र हालसम्म भजन संस्कृति धान्दै आएका छन । लिल बहादुर मगर उर्फ ‘दिनेश बलम्पाकी’ यस्तै समुहमा पर्छन । स्व. नारायण प्रसाद पोखरेलसंग पोखरा नयाँबजार स्थित दुर्बेशनीमा लागेकाहरुको पुर्नस्थापनाको लागि आयोजित श्रीमद्भागवत महापुराणबाट सुरु भएको मगरको भजन गायन यात्रा अहिले झण्डै दुई दशक पुग्न थालिसकेको छ । स्व. नारायण प्रसाद पोखरेलसंग मगरले देशको बिभिन्न स्थानमा आयोजित दुईसय भन्दा बढी श्रीमद्भागवत महापुराण यज्ञमा आफ्नो प्रतिभा देखाएका थिए भने पपण्डित दिनबन्धु पोखरेसंग दुई सयकै हाराहारी श्रीमदभागवत महापुराण यज्ञमा सहभागिता जनाई सकेका छन । बिभिन्न संस्थाको लागि आयोजना हुने यज्ञहरुमा सहभागि हुने क्रममा बिपि संग्राहलय, पश्चिमाञ्चल बिश्वबिद्यालय लगायत र हालै मानव सेवा आश्रमले असाह्यहरुको लागि आयोजित ‘भोजनको लागि भजन’ कार्यक्रममा मेची महाकाली यात्रा सम्पन्न गर्नु भएको छ । बिभिन्न स्थानमा हुने भजन गायन वा यज्ञमा मगरको उपस्थिति अनिबार्य जस्तै हुने गर्छ, किन कि मगरको यस क्षेत्रमा लोकप्रितासंगै माग बढ्दो छ । उहाँका दर्जन बढी रेकडेट भजनहरु बिभिन्न सञ्चार माध्यमबाट प्रसारण हुने गर्दछ भने युट्युवमा हेर्न सुन्न सकिन्छ । मौलिक कला र संस्कृति झल्कने खालका विषबस्तु समेटेर भजन गायक मगरले केही भजन संग्रह प्रकाशन गरेका छन र केही प्रकाशनको तयारीमा रहेका छन । मगरका भजन एल्बमहरु नाचन राधा छमछम, कीर्तनामृत र पुस्तकहरुमा अध्यात्म निर्देशिका भजन पुस्तक, कीर्तनामृत पुस्तक, भजन माला पुस्तक सार्वजनिक भैसकेका छन ।