संसद पुनःस्थापनाको फैसला गर्ने चार न्यायाधीशविरूद्ध महाअभियाेग प्रस्ताव ल्याउने एमालेकाे तयारी

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाैं । यतिखेर नेपालका प्रमुख सत्तारूढ र प्रतिपक्षी दल आ आफ्नाे स्वार्थकाे डम्फु बजाउँदैछन् ।

जसका कारण देश अस्तव्यस्तकाे अवस्थामा पुगेकाे छ । न्यायालयमा देखिएकाे विवाद साम्यपार्न भन्दै सत्तारूढ तीन दलले प्रधानन्यायाधीश चाेलेन्द्र शम्शेर जबराविरूद्ध महाअभियाेग प्रस्ताव गरेकाे भाेलिपल्ट त्यसलाइ काउन्टर दिने गरी एमालेले अन्य चार न्यायाधीशविरूद्ध महाअभियाेग प्रस्ताव दर्ता गर्न खाेज्दैछ ।

संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध एमालेले महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो ।

महाअभियोग प्रस्तावबारे छलफल गर्न एमालेले आज बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ । बैठकमा सांसदहरुको हस्ताक्षर संकलन गर्ने र महाअभियोग प्रस्ताव दर्ता हुने बताइएकाे छ ।

महाअभियोग प्रस्ताव दर्ता लगत्तै जबरा निलम्बनमा परेपछि कार्की कायम मुकायम प्रधानन्यायाधीश बनेका छन् ।जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि आइतबार साँझ बसेको एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरुविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनुपर्ने बताएका थिए ।