एमसीसीबारे गठबन्धनमा हाेला त सहमति?

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं । अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे सत्ता गठबन्धनबीच आज निर्णायक छलफल हुँदैछ ।

साझा धारणा तय गर्न दिउँसो ३ बजे बैठक बस्न लागेको हो । सहमति जुटाउनकै लागि भन्दै गठबन्धनले प्रतिनिधिसभाकाे बैठक शुक्रबार(भाेलि)लाइ सारेका हुन् ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आग्रहमा प्रधानमन्त्री देउवाले आज गठबन्धनको निर्णायक बैठक बाेलाएका हुन्।

माओवादी केन्द्रले प्रधानमन्त्री देउवा एक्लै अघि बढे सरकारबाट बाहिरिने चेतावनी दिइसकेको छ । एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनमा मतभेद छ ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जुनसुकै अवस्थामा पनि एमसीसी संसदमा लैजाने पक्षमा छन्। तर, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको उपेन्द्र यादव पक्ष यथास्थितिमा एमसीसी संसदमा टेबल गर्न नहुने पक्षमा उभिएका छन् । अमेरिकाले भने सम्झाैता कुनै पनि हालतमा संशाेधन हुन नसक्ने स्पष्ट गरिसकेकाे छ ।

स्थानीय तहको चुनाव नजिकिँदै गएकाले एमसीसीलाई नै चुनावी एजेन्डा बनाउने उनीहरुको दाउपेच छ ।प्रमुख प्रतिपक्षी दल एमाले भने पर्ख र हेरको अवस्थामा छ ।

दलहरूकाे आ आफ्नै स्वार्थका कारण एमसीसी पारित हुने नहुने अन्याेल बढ्दै गएको छ ।सत्तारुढ दलहरूबीच सहमति नभएपछि हिजो एमसीसी संसदमा टेबल हुन सकेन ।