काठमाडाैं। नेपाली महिला फुटबलका प्रमुख प्रशिक्षक हरि खड्का नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् ।बिहीबार विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले उनले नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको ठहर गरेको हो ।
खड्कालाई अदालतले ५ हजार जरिवाना तोकेको छ ।उनले भारतको उत्तरप्रदेशबाट जारी भएको शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेस गरी २०५५ कात्तिक १ गते खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्त भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

