एमसीसीविरुद्ध पेस भएको रिट सर्वोच्चद्वारा दरपीठ

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

काठमाडाैं । एमसीसी सम्झौता लागू नगर्न दायर गरिएकाे रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सोमबार सर्वोच्चमा उक्त रिट पेस गरेका थिए ।

सर्वोच्च अदालतले संसद्‌मा टेबल भइसकेको र संसद्‌मै विचाराधीन विषय भएकाले त्यसलाई दरपीठ गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

अधिवक्ता भण्डारीले सम्झौता लागू गर्ने गराउने कार्य नगर्नु भनी उत्प्रेषण, परमादेशलगायतका आदेश माग गर्दै रिट पेस गरेका थिए ।