पल शाहविरुद्ध जबरजस्ती करणी कसूरमा किटानी जाहेरी

NewsBankNepal Banner Headline with Image , Entertainment/मनोरञ्जन , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

तनहुँ । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ ।एक गायिकाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएकी हुन्।

 प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै किटानी जाहेरी दिएको थियो ।यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । एउटा म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला शाहले ‘फकाएर’ जबर्जस्ती करणी गरेको अभियोग शाहमाथि छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको जाहेरी परेपछि प्रहरीले कलाकार पल शाहको खोजी थालेको छ।तनहुँ प्रहरीका अनुसार शाहले पोखरा, तनहुँ, चितवन लगायतका स्थानमा बलात्कार गरेको जाहेरीमा उल्लेख छ।