प्रधानमन्त्रीले प्रचण्डलाई भने,’भोट हाल्ने भए हाल्नु एमसीसी प्रक्रिया रोकिँदैन’

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । प्रतिनिधि सभाको बैठकअघि सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । एमसीसीकाे विषयमा भने सहमति जुट्न सकेन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी निर्णय प्रकियामा लैजानबाट रोक्न गरेको आग्रहलाई प्रधानमन्त्री देउवाले अस्विकार गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल बिहीबार बिहान प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए ।  जवाफमा प्रधानमन्त्रीले भने, भोट हाल्ने भए हाल्नु,एमसीसी अनुमोदनको प्रक्रिया रोकिँदैन ।त्यसअघि दाहाले सिंहदरबारमा नेपाल र खनालसँग भेट गरेका थिए ।

 प्रधानमन्त्रीले भेटमा दाहालमार्फत सत्ता गठबन्धनले एमसीसीका पक्षमा भोट हाल्न आग्रह गरेका थिए । माओवादी र एकीकृत समाजवादी भने आफ्नो अडानमा यथावत रहेका छन् ।आजै संसद्‌मा एमसीसीमाथि छलफल हुँदैछ ।