दराज एपबाट खरिद गरी आइएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाइने

Dipak Pudasaini Business/अर्थ ब्यापार , Latest Update , News/समाचार , ३ वर्ष अगाडि

काठमाडौँ, १५ फाल्गुण । दराज एपबाट सामान खरिदगरी आईएमई पे मार्फत भुक्तनी गर्दा अब १० प्रतिशत छुट पाईने भएको छ । उक्त छुट सँम्बन्धि सँझौतामा
आइएमई पेको तर्फबाट सहायक महाप्रवन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट साझेदारी प्रमुख अरूण पुmँयालले हस्ताक्षर गरेका छन ।
सम्झौता अनुसार हरेक आइतबार दराज वालेट डे हुनेछ । जस अनुसार आइएमई पे मार्फत भुक्तानी गर्दा १०% छुटको रिडिम भाउचर पाउन सकिने साथै प्रयोगकर्तालाई आइएमई पे एप वा आइएमई पे
भिसा कार्डको १० प्रतिशत छुट (रु. ३५० र रु ५०० सम्मको) पाइने रिडिम भौचर दराजको होम पेजमा प्रदान गरिने जानकारी प्राप्त भएको छ ।
सँझौता समारोहमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका सहायक महाप्रबन्धक प्रमोद प्रमोदमान सिंह बस्नेतले यस अघि पनि आइएमई पे दराजको भुक्तानी पार्टनर रहि यस्ता विभिन्न छुट सम्बन्धित अफरहरु ल्याइसकेकोर यो सम्झौताले पुरानो प्रयोगकर्ताहरुका साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन दिने कुरामा बिश्वस्त रहेको बताएका छन ।
हरेक आइतवार वालेट डेकोशुरुवात गरिएको उपलक्ष्यमा बोल्दै दराजका भुक्तानी र साझेदारी प्रमुख अरुण फँुयालले दराजमा आइएमई पे एप मार्फत भुक्तानी गर्दा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र क्यासब्याकको फाइदा पनि उठाउन सक्ने विश्वास ब्यक्त गरेका थिए ।