जबर्जस्तीकरणी गरेको आरोपमा एमाले सांसद बानियाँ पक्राउ

Bhim Thapa Banner Headline with Image , Latest Update , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

प्रतिपक्षी नेकपा एमाले सांसद मोहन बानियाँ जबर्जस्तीकरणी आरोपमा पक्राउ परेका छन् । सोमबार काठमाडौं फर्कंदै गरेका सांसद बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरिएको हाे ।

नेपालगन्ज विमानस्थलबाट पक्राउ परेका सांसद बानियाँमाथि ४० बर्षीया पीडित महिलाले होटेलमा जबर्जस्तीकरणी गरेको भन्दै २७ माघमा जिल्ला प्रहरी कार्यालय, बाँकेमा उजुरी दिएकी थिइन् । पूर्वमन्त्रीसमेत रहेका बानियाँले पैसाको लोभ देखाएर महिलालाई होटेलमा बास बस्न बोलाएर जबर्जस्तीकरणी गरेको महिलाले दिएको जाहेरीमा उल्लेख छ ।

महिलाले सांसद बानियाँविरुद्ध उजुरी दिएसँगै पक्राउ पूर्जी जारी गरिएको थियो ।