आईएमई पे बाट टिकट काट्दा यती एयरलाईन्सको टिकट निःशुल्क

Dipak Pudasaini Business/अर्थ ब्यापार , Latest Update , News/समाचार , प्रवास , ३ वर्ष अगाडि

काठमाडौँ, १८ फाल्गुन । अब आईएमई पे मार्फत यती एयरलाईन्सको टिकट काट्दा ४ जना भाग्यशाली यात्रुले निःशुल्क हवाई टिकट पाउने भएका छन । आइएमई पेले यती एयरलाइन्ससँगको समन्वयमा यस्तो अफर ल्याएको हो । आइएमई पे एपका प्रयोगकर्ताहरूलाई फाल्गुन १२ गतेदेखि कार्यान्वयनमा आउने गरी २ महिनासम्म यती एयरलाइन्सको उडान टिकट आइएमई पे एपद्वारा खरिद गर्दा लक्की ड्रमार्फत नेपालका विभिन्न सुन्दर गन्तव्यहरूका लागि निःशूल्क उडान टिकट पाउने छन ।

हरेक वर्ष हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुहरूको सङ्ख्या बढिरहेको अबस्थामा यात्रुहरूलाई सुलभ एवम्सहज हवाई यात्राका लागि प्रोत्साहन गर्नकालागी आइएमई पे र यती एयरलाइन्सवीच यो समझदारी बनेको हो । यात्रुले रारा, लुक्ला, मुक्तिनाथ, शे फोक्सुन्डोजस्ता धार्मिक वा पर्यटकीय दृष्टिले अति महत्त्वपूर्ण स्थानहरूमा निशूल्क टिकट पाउने छन । यसले नेपालको बाह्य तथा आन्तरिक पर्यटनको प्रवद्र्धनमा योगदान समेत पुग्ने छ ।
आइएमई पे मोबाईल वालेट एप प्रयोग गरी यती एयरलाइन्सको हवाई टिकट काट्ने यात्रुहरुले मात्र सो अफरमा सहभागि हुन पाउने छन । सिमित अवधिको लागि चल्ने अफरमा अवधि ४ जना भाग्यशाली बिजेताहरु छानिने छन्, जसमध्ये हरेक बिजेताले २ जनाको लागि प्रस्थान र आगमनको टिकट जित्नेछन ्। भाग्यशाली बिजेताहरुले उल्लेखित गन्तब्य मध्ये एउटा रोज्न पाउने आईएमई गु्रप ले बिज्ञप्ती मर्फत जानकारी दिएको छ ।